३२ हजार घुस सहित कार्यलय सहयोगी पक्राउ

Posted on: 20 Sep, 2016

असोज ४, हेटौडा । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौडाले विद्युत प्राधिकारण हेटौडा वितरण केन्द्रका एक कर्मचारी घुस रकम सहित प्रकाउ गरेको छ । 

अख्तियारको क्षेत्रिय कार्यालयबाट गएको टोलीले आज दिउँसो ३२ हजार रुपैँया घुस लिदै गर्दा धनबहादुर विकलाई नगद सहित पक्राउ गरेको हो । उनलाई विद्युत प्राधिकरण नजिगै चिया पसलबाट घुस सहित पक्राउ गरिएको हो । उनी सहित रकम मिलाउन सहयोग गरेका इलेक्ट्रीसियन विष्णु चौलागाइलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । सात हजार पर्ने मिटर जडानको लागि चिसापानीका एक सेवाग्राहिसँग ३२ हजार मागेपछि उनले विप्लव नेतृत्वको नेकपा माओवादीसँगको सहकार्यमा खख्तियारमा सम्पर्क गरेका थिए । 

अख्तियारले पनि फोन सम्पर्क मार्फत घुस मागेको प्रमाणीत भएपछि कार्यलयकै सहयोगमा उनलाई रंगेहात पक्राउ गरिएको हो । पक्राउ गर्नको लागि इनिस्पेकटर ढुण्डीराज न्यौपाने र अख्तियारका विदुर सिवाकोटी सहितको टोली पुगेको थियो । घुस दिने लिने दुवैलाई र्कावाह िभएता पनि घुस दिने व्याक्तिलले अख्तियारमा पूर्व जानकारी गराएका कारण घुस दिने व्यात्तिलाई कारवाहि नहुने प्रवत्त नरेन्द्र प्रसाद भटट्राईले जानकारी दिनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!