पत्रकार गुरुङ सम्मननित हुने

Posted on: 21 Sep, 2016

असोज ५, पोखरा । पत्रकार मीना गुरुङद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार शान्ति गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पत्रकार महासंघ कास्कीले शान्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा पत्रकार पुण्य पौडेल र राजबहादुर गुरुङ सदस्य रहेका छन्  । समितिमा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभुवन पौडेल पदेन सदस्य छन् । छनौट समितिको सोमबार बसेको बैठकको सिफारिसलाई मंगलबार पत्रकार महासंघ कास्कीको बैठकले अनुमोदन गरेको थियो ।

दुई दशकदेखि निरन्तर संचार क्षेत्रमा क्रियाशील शान्ति गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराकी समाचार सम्पादक हुन् । पत्रकार एवं व्यवसायी मीना गुरुङले पत्रकारिता प्रवद्र्धनको उद्देश्य सहित २ लाख रुपैयाँको पुरस्कार अक्षयकोष स्थापना गरेकी थिइन् । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । उक्त पुरस्कार मीना गुरुङको जन्मदिन असोज १२ गते प्रदान गरिने छ । यस अघि उक्त पुरस्कारबाट पत्रकार दुर्गा भण्डारी र दीपक परियार सम्मानित भइसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!