ऊर्जामन्त्री स्थलगत निरीक्षण

Posted on: 21 Sep, 2016

असोज ५, हेटौँडा । ऊर्जामन्त्री जनार्दन शर्माले मकवानपुर जिल्लास्थित कुलेखानी जलविद्युत् आयोजना प्रथम निबुवाटार, दोस्रो आयोजना भैँसे र निर्माणाधीन आयोजना तेस्रोको भैँसेमा आज स्थलगत निरीक्षण गर्नुभयो । 

सो अवसरमा उहाँले निर्माणाधीन तेस्रो आयोजनाका सम्बन्धित पदाधिकारीलाई छिटोभन्दा छिटो उक्त आयोजना निर्माण कार्य सञ्चालन गरी लक्ष्यअनुसार उत्पादन कार्य सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । 

कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट नियमित विद्युत् उत्पादन हुँदै आएको छ । निर्माणाधीन तेस्रो विद्युत् आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गर्ने गरी निर्माण कार्य सुरु गरिएको सो आयोजनाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!