रौतहटमा मोटरसाइकल सिक्ने क्रममा १४ वर्षीय बालकको मृत्यु

Posted on: 18 Mar, 2016

चैत ५, रौतहट रौतहटमा १४ वर्षीय बालकको मोटरसाइकल सिक्ने क्रममा मृत्यु भएको छ । पतौरा गाविस वडा नं ४ बस्ने रामआधार साहको छोरा १४ वर्षीय पवन साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरमा आएको पाहुनाको बा२१प ६९०४ नंको मोटरसाइकल सिक्ने क्रममा पर्खालमा ठोकिएपछि घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरी चौकी मौलापुरका प्रहरी सहायक निरीक्षक सतेन्द्रप्रसाद यादवले जानकारी दिए। घाइते शाहलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!