परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै रौतहटका चार निरीक्षक निष्कासित

Posted on: 31 Mar, 2016

चैत १८, रौतहट / परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै एसएलसी परीक्षा अन्तर्गत आजको अङ्ग्रेजी विषयको परीक्षामा अनुगमन टोलीले रौतहटका चार निरीक्षकलाई निष्कासन गरेको छ। उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा निरीक्षकका रुपमा रहेका इन्द्र चौधरी र रामदयाल साह निष्कासनमा परेका हुन्। यसैगरी, नेमधारी वासुदेव उच्चमावि मुडवला परीक्षा केन्द्रबाट पनि दुई जना निरीक्षकलाई निष्कासन गरिएको छ । परीक्षा अवधिभर निरीक्षण बस्न नपाउने गरी निष्कासन गरिएको परीक्षा अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!