गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु, पाँच जना घाइते

Posted on: 21 Sep, 2016

प्रेम सुनार, असोज–५, गुल्मी । लगातारको वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् । पहिरोमा पुरिएर जुनिया–५ का ३१ वर्षका दुर्गाबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ । 

मंगलबार राति थापाले सञ्चालन गरेको ग्रिल उद्योगमाथिबाट खसेको पहिरोमा पुरिएर घाइते भएका थापाको उपचारको क्रममा राति नै स्थानीय स्वास्थ्य संस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख महेन्द्र नेपालले बताउनुभयो । 

पहिरोमा पुरिएर जुनिया–५ का ३५ वर्षका खेमराज थापा, उहाँकी श्रीमती ३२ वर्षकी सुनिता थापा तथा ३ र ७ वर्षका छोरीहरु हिरा थापा, वर्षा थापा र दिब्रुङ–६ का ३१ वर्षका दिपक थापा घाइते भएका छन् । उनीहरुको स्थानीय शान्तिपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!