पूर्व प्रहरी महानिरीक्षकद्वारा आगलगी पिडीतलाई राहत बितरण

Posted on: 19 Apr, 2016

अभिमनु पटेल । बैशाख ७, रौतहट । आज रौतहटको दिपही गाउँमा आगलगीबाट पिडीत भएका जनताहरूमा पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराले नगद र खाद्यान वितरण गर्नु भएको छ ।

राष्ट्रिय मधेश समाजवादी पार्टीको राष्ट्रिय उपाध्यक्षसमेत रहेका जबराले आज दिपही गाउँमा आगलगीबाट पन्ध्र जनाको घर जलेर नष्ठ भएकाहरूलाई नगद रकम १० हजार र खाद्यान २०० केजी चामल वितरण गरेका हुन् । उनले पिडीत जनताहरूलाई भेटेर भलाकुसारी समेत गरे ।

रौतहटमा हवाहुरीका कारण धेरै घरहरू आगलगीबाट जलेर नष्ठ भएको छ । अहिले घरहरूमा प्राय खाना पकाउदा आगो लाग्ने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!