बाबुराम भट्टराईले मधेशी जनतालाई मुर्ख बनाउदैछन् : मिश्रा

Posted on: 20 Apr, 2016

baburam-bhattaraiअभिमनु पटेल । बैशाख ८, रौतहट । मधेश र मधेशी जनताहरूको हक र अधिकारका लागि भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मधेशमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसै नयाँ शक्तिले आज गौर नगरपालिका सभा हलमा कार्यक्रम राखेको छ ।

नयाँ शक्तिको कार्यक्रममा आफ्नो असन्तुस्टी पोख्दै नेपाल सदभावना पार्टीको रौतहटका सचिव धन्नजय मिश्राले प्रधानमन्त्रि भएको वेलामा मधेशी जनताको मुद्धाको याद नगर्ने, अहिले मधेशी जनतालाई आफ्नो सफलताको सिढी बनाउन खोज्ने ?' भन्दै आक्रोश व्यक्त गरे । उनले संघीयताको कुरा उठाएर त्यति वेला बाबुरामले प्रधानमन्त्री बन्न सफल भएको भन्दै आफ्नो स्वार्थ बाहेक मधेसी जनतालाई केहि गर्न नसकेको बताए । मिश्राले विधान मस्यौदाको सभापति रहेको समयमा संविधानमा मधेश र मधेशी जनताहरूको हक-अधिकार नभएको थाहा हुँदाहुँदै पनि मस्यौदा पारित भएको प्रति असन्तुष्ट जनाए ।

संविधान जारी भएलगत्तै बाबुरामले जनकपुरमा कार्यक्रमको आयोजना गरी कार्यक्रममा संविधान राम्रो नरहेको भन्यो तर संविधान मस्यौदा प्रतिलिपी जलाउँन किन मानेन ? मिश्राले आक्रोश पोखे । उनले बाबुरामले प्रधानमन्त्रि तथा संविधान मस्यौदाको अध्यक्ष बन्दा मधेसीको लागि केहि गर्न नसकेको अवस्थामा अब के गर्ला ? मिश्राको प्रश्न थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!