समाज |


हात्तीको आक्रमणबाट दुई घाइते

Posted on March 26, 2020 | views : 402 |

चैत १३, सिन्धुली | सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।  दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उहाँकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उहाँहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्

Read More

विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै, सचेत बन्दै नागरिक

Posted on March 26, 2020 | views : 234 |

सुशीला रेग्मी | चिअत १३, पाल्पा | कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ ।  रामपुर नगरपालिका–५ स्थित बालकल्य

Read More

प्रदेशसभासद्को पहलमा पिपिई प्युठानमा

Posted on March 26, 2020 | views : 702 |

चैत १३, प्युठान | प्रदेशसभासद् कृष्णध्वज खड्काको पहलमा प्युठानमा कोरोना भाइरसको उपचार गर्ने चिकित्सकले लगाउने पोशाकलगायत(पिपिई) केही सामग्री उपलब्ध भएको छ । खड्काका स्वकीय सचिव भविलाल श्रेष्ठले केही थान पोशाक, जुत्ता, स्यानिटाइजर, सर्जिकल ग्लोभ्स आदि उपलब्ध गराइएको जानकारी दिनुभयो ।  यस्तै प्यु

Read More

अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग

Posted on March 26, 2020 | views : 287 |

चैत १३, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरिएको छ ।  शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्यरूपमा लगाउनुपर्ने पिपीइ सहयोग गरेको हो । नगरप्रमुख किसा

Read More

कोरोना सङ्क्रमण रोक्न धमाधम क्वारेन्टाइन बनाइँदै

Posted on March 26, 2020 | views : 353 |

चैत १३, महोत्तरी | कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो । जिल्लाका जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार भएको छ । यसैगरी जिल्लाका सबै (१५वट

Read More

सिमकोटमा आपतकालीन कोष खडा, एकबाट अर्को वडामा जान प्रवेश निषेध

Posted on March 26, 2020 | views : 302 |

चैत १३, सिमकोट | कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ । सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन रु १० लाख बजेट व्यवस्था गरी कोष खडा गरेको हो । ती  गाउँपालिकामा बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले सम्भावित खतरालाई

Read More

पिपीइ ड्रेस लगाएका चालकसहित झापामा छ एम्बुलेन्स तयारी अवस्थामा

Posted on March 26, 2020 | views : 212 |

चैत १३, झापा | लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) लगाएका हुनेछन् ।

Read More

कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द

Posted on March 26, 2020 | views : 1826 |

मोहन पौडेल | चैत १३, नवलपरासी | पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।  मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको

Read More

सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’ !

Posted on March 26, 2020 | views : 297 |

प्रकाश अधिकारी | चैत १३, सुर्खेत | कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो । सङ्क्रामक रोग

Read More

लकडाउनको दोस्रो दिन: सरकारले लियो यस्ता १२ निर्णय

Posted on March 25, 2020 | views : 4453 |

चैत १२, काठमाडौं । सरकारले लकडाउनको अवस्थामा ठूला खाद्य स्टोर तथा पसलहरूबाट आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले यसका लागि गृह मन्‍त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 4577 |

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

पाँच अनलाइनलाई नेपालमा नखुल्ने गरी कारवाही, काउन्सिलको अनुगमन तीब्र

Posted on March 25, 2020 | views : 2551 |

चैत १२, काठमाडौँ | प्रेस काउन्सिल नेपालले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको जनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेको भन्दै आचारसंहिता पालनामा झन कडाइ गर्न लागेको काउन्सिलले जानकारी दिएको हो ।  काउन्सिलका अनुसार अनुगमनको

Read More

प्युठानमा विदेशबाट फर्केकाको लगत सङ्कलन गरिँदै

Posted on March 25, 2020 | views : 1633 |

चैत १२, प्युठान | प्युठानका नौ वटै स्थानिय तहले देशभन्दा बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलन थालिएको छ । दुई नगरपालिका र  सात गाउँपालिकामा लगत सङ्कलन कार्य थालिएको हो ।  वडा कार्यालयमार्फत लगत सङ्कलनको कार्य गरिएको छ । आईतबार विपद् व्यवस्थापन समितिको बैठकले स्थानिय तहले लगत सङ्कलन गर्न स्था

Read More

सुनवलमा १०० शैयाको क्वारेन्टाइन तयार

Posted on March 25, 2020 | views : 201 |

चैत १२, नवलपरासी | पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–११ जर्गाहामा १०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका शङ्का लागेकालाई सुरक्षित साथ राख्न सुनवल नगरपालिका र प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाको संयुक्त पहलमा क्वारेन्टाइन निर्माण गरिएको हो ।  महाविद्यालयको

Read More

स्थानीय तहमा बढ्दो सतर्कता

Posted on March 25, 2020 | views : 468 |

चैत १२, बैतडी | विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न बैतडीका स्थानीय तहले पनि सतर्कता अपनाएका छन् । सङ्क्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्नेलगायत

Read More

कोरोना संक्रमित युवक युएईबाट आएका थिए, होटलमा बसेका थिए

Posted on March 25, 2020 | views : 7268 |

चैत १२, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित भएका व्यक्ति चैत ६ गते युएईबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिए । उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि

Read More

नेपालमा कोरोना संक्रमितको संख्या तीन पुग्यो

Posted on March 25, 2020 | views : 1166 |

चैत १२, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या तीन पुगेको छ । बुधबार थप एक जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमितको संख्या तीन पुगेको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ  । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको

Read More

नेपाली सेनाको सहयोगमा ३६ शय्याको क्वारेन्टाइन निर्माण

Posted on March 25, 2020 | views : 319 |

चैत १२, खोटाङ | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी मङ्गलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा क्वारेन्टा

Read More

आदेश उल्लङ्घन गर्ने पाँच पक्राउ

Posted on March 25, 2020 | views : 295 |

चैत १२, कंचनपुर | विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई कञ्चनपुरको भीमदत्तनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  आदेश विपरीत सञ्च

Read More

भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा

Posted on March 25, 2020 | views : 233 |

चैत १२, रुपन्देही | संयुक्त एम्बुलेन्स चालक सङ्घ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ  ।   सङ्घको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११  चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको  सेवा दिनका लागि तयारी अवस्था

Read More

विदेशबाट फर्किएकाको लगत सङ्कलन

Posted on March 25, 2020 | views : 914 |

चैत १२, नुवाकोट | नुवाकोटको किस्पाङ गाँउपालिकाले विदेशबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन शुरु गरेको छ ।  पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचित जनप्रतिनिधिसहित स्वास्थ्यक

Read More

कोरोनाको त्रासः गाउँघर असुरिक्षत बन्दै, शहर सुरक्षित हुँदै

Posted on March 25, 2020 | views : 1927 |

चैत १२, दैलेख | विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रा मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टा

Read More

देशभर लकडाउनः स्वास्थ्यकर्मी जुवातासमा

Posted on March 25, 2020 | views : 607 |

चैत १२, दैलेख | कोराना भाइरस (कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ ।  तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ । गाउँपालिकाको सिमा

Read More

एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं

Posted on March 25, 2020 | views : 754 |

पुरुषोत्तम थापा | चैत १२, दुल्लु | “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै

Read More