निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयको तयारी

Posted on: 23 Feb, 2017

फागुन १२, सोलुखुम्बु । सरकारले वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणासंगै सोलुखुम्बु जिल्ला निर्वाचन कार्यालयले तयारी अघि बढाएको छ । 

जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाका अनुसार अहिले मतदान केन्द्रका लागि आन्तरिक गृहकार्य भइरहेको जानकारी दिनुभयो । 

संविधानसभा सदस्य निर्वाचन २०७० मा सोलुखुम्बुमा १११ वटा स्थायी र दुई वटा अस्थायी गरी ११३ वटा मतदान केन्द्र रहेकामा अहिले ती मतदान केन्द्र थपघट गर्नुपर्ने बारेमा कार्यालयले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । 

सात वटा गाउँपालिका र एक नगरपालिका गरी सोलुखुम्बुलाई स्थानीय तहमा पुनःसंचरना गरिएको प्रतिवेदन स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले सिफारिस गरी केन्द्रमा पठाएको छ । 

। 

यसैगरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मतदाता परिचय पत्र सङ्कलनको कार्य स्थगित गरिएको छ । गत कात्तिक १ गतेदेखि फागुन ९ गतेसम्म जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय सोताङमा सङ्कलन गरिएको मतदाता नामावलीको त्रुटि सच्याउने, नाम हटाउने काम पनि अहिले भइरहेको छ । 

जिल्लामा ६२ हजार ५०० को मतदाता नामावली सङ्कलन गरिए पनि स्थानीय तहको निर्वाचनमा भाग लिन सक्ने मतदाता सङ्ख्या योभन्दा घट्न सक्ने कार्यालयको अनुमान छ । 

यही फागुन ९ गतेसम्म १८ वर्ष पूरा गरेका मतदाता नामावलीमा नाम दर्ता भएका नेपाली नागरिकले अब हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!