सोलुखुम्बुको लिखुपिकेको प्रमुख तथा उपप्रमुखमा माओवादीको जित

Posted on: 29 Jun, 2017

असार १५, सोलुखुम्बु | सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा १ हजार १ सय ३६ मत ल्याएर माओवादी केन्द्रका उम्मेद्वार डम्बरबहादुर बस्नेत विजयी भएका छन् । 

उपप्रमूखमा समेत १ हजार ४२ मत ल्याएर माआवादी केन्द्रकै शर्मिला बस्नेत विजयी भइन् ।

निकटतम प्रतिद्वन्द्धी कांग्रेसका रामबहादुर बस्नेतले ७ सय ६० मत ल्याए भने उपप्रमूखमा समेत कांग्रेसकै मिना बस्नेतले ८ सय २८ मत ल्याएर पराजित भइन् । सात गाउँपालिका र १ नगरपालिका रहेको सोलुखुम्बुमा विजयी भएसँगै प्रदेश नं. १ मै माओवादी केन्द्रले पहिलो खाता खोलेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!