सोलुखुम्बुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 09 Jan, 2017

पुस २५, सोलुखुम्बु । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

सल्लेरीबाट जुनबेसीतर्फ उपभोग्य सामान लिएर जाँदै गरेको लु३त ३६६३ नंको ट्र्याक्टर दूधकुण्ड नगरपालिका–२ बेनीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका इन्चार्ज भेषबहादुर थापाले जानकारी दिनुभयो । 

आइतबार साँझ घटना भएको भए पनि प्रहरी तथा अन्यले आज बिहानमात्र जानकारी पाएका थिए । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर फाप्लुस्थित आङ ङिमा लामाको रहेको बुझिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!