हिमाली खरायो मृत भेटियो

Posted on: 23 Feb, 2017

फागुन १२, सोलुखुम्बु । सोलुखुम्बुको गुदेल गाविसमा हिमाली खरायो मृत भेटिएको छ । 

लोपोन्मुख सूचीमा रहेको खरायो जङ्गलमा घाँस काट्ने क्रममा मंगलबार मृत भेटिएको गुदेलको स्थानीय सामुदायिक बनका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो । 

खैरो रङ्गको यस प्रकारको खरायो केही वर्षअघि त्यस क्षेत्रमा एक जोडीको सङ्ख्यामा देखिएको स्थानीयवासीले बताएका थिए । हिमाली क्षेत्रमा पाइने यो खरायो विश्वमा लोपोन्मुख सूचीमा राखिएको छ । खैरो रङ्गको हिमाली खरायो भेटिएको सम्बन्धमा अध्ययन गर्ने जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!