जिप दुर्घटनामा एक महिलाको मृत्यु

Posted on: 24 Apr, 2017

बैशाख ११, सोलुखुम्बु । दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । 

सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । दुई महिनाको शिशुसहित घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल फाप्लु ल्याइँदैछ । 

दूधकौसिका गाउँपालिका–८ दिप्लीघाटबाट कटारीका लागि छुटेको बा१२च ३६४७ नंको बोलेरो उकालोमा ब्रेकफेल हुँदा दुर्घटना भएको घटनास्थलबाट ट्राफिक प्रहरी इन्चार्ज भेषबहादुर थापाले जानकारी दिनुभयो । जिप सडकदेखि करिब ७० मिटर तल खसेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!