होटलमा काम गर्ने दुइ युवती सुतिरहेकै अवस्थामा मृत फेला

Posted on: 28 Nov, 2018

मङ्सिर १२, सोलुखुम्बु | सोलुखुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा रहेको होटल एभरेष्टमा दुई युवती सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्।  

मृतकद्वय दिदीबहिनी रहेका छन् | होटलमा काम गर्दै आएकी–१६ वर्षीया संगना राई र होटेलमै बसेर अध्ययन गर्दै आएकी उनकी–९ वर्षीया बहिनी खुसी राई सुतेकै अवस्थामा मंगलबार मृत भेटिएका हुन्।

महाकुलुङ गाउँपालिका वडा–३, छेस्कामका दिदीबहिनी मध्ये संगना ५ वर्ष तथा खुसी विगत एक वर्षदेखि होटेलमा बस्दै आएका थिए। बेलुका काम सकेर सुतेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मासहितको टोली घटनास्थल पुगी कागजी प्रक्रिया पूरा गरी अनुसन्धान थालेको छ। पोष्टमार्टमका लागि शव हेलिकप्टरमार्फत जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!