रुखले किचेर एक किशोरीको मृत्यु

Posted on: 04 May, 2019

  वैशाख २१, सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर आज एक किशोरीको मृत्यु भएको छ । 

थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो । दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै गर्दा भ¥याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दिउँसो १ः३० बजे रुख लडेर उनलाई किचेको थियो । हेलिकप्टर आउने ठाउँ भ¥याङखोलातर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । 

हवाई सेवा प्रभावित हुँदा यात्रु अलपत्र 

मौसम प्रतिकुल हुँदा आज सोलुखुम्बुमा रहेको दुई वटै विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ ।

शुक्रबारदेखि मौसममा आएको खराबीले हवाई सेवा प्रभावित भएको विमानस्थलले जनाएको छ । आज बिहानको समयमा केही उडान भएको भए पनि बिहान १० बजेपछि कुनै उडान तथा अवतरण हुन नसकेको तेन्जिङहिलारी विमास्थल लुक्लाले जनाएको छ ।

 बिहान १० बजेसम्म २६ वटा उडान भएको लुक्ला विमानस्थलका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो ।     यस्तै सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा पनि आज तीन वटा हेलिकप्टरले बिहानको समयमा उडान भरेका छन् । आज सात वटा उडान तालिका भए पनि मौसम खराबीका कारण उडान नभएको नागरिक उडड्यन तथा प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!