४७ कोरोना संक्रमित मजदुरलाई चुपचाप टिपर र गाडीमा हालेर बर्दिया पुर्‍याएको खुलासा

Posted on: 11 Oct, 2020

असोज २५, काठमाडौं | निर्माणाधीन लिखु हाइड्रोपावरमा कार्यरत ४७ जना कोरोना संक्रमित मजदुरलाई चुपचाप बर्दिया पुर्‍याएको खुलासा भएको छ । लिखु हाइड्रोपावर रामेछाप र सोलुखुम्बुको सीमाना अन्तर्गत सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको किन्जामा पर्छ । 

हाइड्रोपावर कम्पनीको क्वारेन्टाइनमा रहेका ४७ कामदारलाई कोरोना संक्रमण पुष्टि भएसँगै टिपर र गाडीमा राखेर बर्दिया पुर्‍याइएको खुलेको छ । गत २० गते उनिहरुलाई बर्दियास्थित मधुवन नगरपालिकाका मापदण्ड नै पूरा नगरी गैरकानूनी रुपमा सोलुखुम्बुबाट बर्दिया लागिएको थियो ।

संक्रमित व्यक्तिलाई जहाँ संक्रमित भएको त्यहि आइशोलेशनमा राख्नुपर्नेमा त्यसो नगरी नेपालको कानून र संघीय सरकारको निर्देशन विपरित काम भएको बुझिएको छ । संक्रमितलाई एकठाउँबाट अर्को ठाउँमा लैजाँदा सुरक्षा मापदण्ड अपनाउनु पर्ने, एम्बुलेन्सबाट मात्र लैजानुपर्ने व्यवस्था छ । तर कम्पनीले कुनै नियम नै पूरा नगरी सोलुखुम्बुको प्रशासन र हाइड्रोपावरले गैरजिम्मेवार तरिकाले यात्रा गराएको खुलेको छ । 

बर्दिया पुर्याइएका उनिहरुलाई त्यहाँ लगेर परीक्षण गराउँदा पनि कोरोना पोजेटिभनै देखिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!