जिल्लास्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढलाई

Posted on: 24 Sep, 2016

कमल रावल | असोज ८, अछाम | अछामको जयगढमा सम्पन्न जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढले हात पारेको छ । आज भएको फाईनल खेलमा उद्योग वाणिज्य संघ अछामलाई सोझै सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

प्रथम सुदुरपश्चि बस काउन्टर जयगढले नगद २५ हजार १ सय सहित एक थान बल, नेट, र मेडल तथा प्रमाणपत्र हात पारेको छ भने दोस्रोमा चित्त बुझाएको मंगलसेनले नगद १५ हजार १ सय सहित एक थान बल, नेट, र मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा तेस्रो स्थान हात पार्न सफल तेस्रो लोकेन्द्र स्मृति युवा क्लब जयगढले नगद १० हजार एक सय सहित एक थान बल, नेट, र मेडल तथा प्रमाणपत्र र शान्तवना पृर्ण चन्द्र उच्च मावि भटाकाटियाले नगद २५ सय प्राप्त गरेको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडीको उपाधि नेशनल लाईफ ईन्सुरेन्सको सहयोगमा नगद १५ सय सुदुरपश्चिमका खेलाडी डम्मर भट्राईले हात पारेका छन । घासे मेलाको अवसरमा वर्दादेवि युवा क्लब जयगढको आयोजनामा असोज ५ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १३ वटा टिमले सहभागिता जनाएका थिए ।

क्लबका अध्यक्ष अध्यक्ष पदम साउदको अध्यक्षतामा भएको पुरुस्कार वितरण कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक निरञ्जनदत्त भटट, जिल्ला खेलकुद विकास समितीका प्रमुख प्रशिक्षक मिन बहादुर बुडथापा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सुन्दर ठकुल्लाले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!