इपिएल क्रिकेटमा जगदम्बा विजयी

Posted on: 27 Sep, 2016

असोज ११, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई पराजित ग¥यो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जगदम्बाले गोर्खाजलाई ११ रनले पराजित गर्दै विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२४ रनको योगफल तयार ग¥यो । 

एक सय २५ रनको विजय लक्ष्य पच्छाएको कान्तिपुर भने पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा ११३ रनमा सीमित रहन पुग्यो । 

जगदम्बाको जितमा सोमपाल कामीले सर्वाधिक ४४ रनको योगदान दिए । तीस बल खेलेका सोमपालले चार छक्काको सहायोगमा ४४ रन जोडेका हुन् । त्यस्तै, सुबेन्दु पाण्डेले २१, हसिम अन्सारीले १८ तथा अमित श्रेष्ठले १६ रन जोडे । 

यसैगरी, कान्तिपुरका ब्याट्सम्यान सन्दीप झोराले ४२ र अनिल शाहले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । कान्तिपुरलाई ११३ रनमा समेट्ने क्रममा जगदम्बाका शक्ति गौचन, पवन सर्राफ तथा प्रेम तामाङले समान दुई÷दुई विकेट लिए भने साह अलाम र सोमपाल कामीले समान एक–एक विकेट लिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!