नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबलमा लालबन्दिको विजयी सुरुवात

Posted on: 18 Oct, 2016

कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितीलाई १-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

लालबन्दिको बिजयी सुरुवातको लागि खेलको १६ औ मिनेटमा उज्वल भण्डारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने दोश्रो हाफको ५० औ मिनेटमा आयोजक मध्यवर्तीका राजेश ठकुरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ७४ औं मिनेटमा लालबन्दिका सोनम लामाले फेरी अर्को गोल आयोजक तर्फ हान्दा लालबन्दिले अग्रता लिंदै खेल जित्न सफल बन्यो । 

अब राईनो गोल्ड कप अन्तर्गत अर्को खेल बुधबार योङ स्टार क्ल्ब नवलपरासी र कास्की ११ बिच हुने आयोजकले जनाएको छ । गैडा संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले नवलपरासीको कोल्हुवामा सुरु भएको राष्ट्रिय स्तरको राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डौसहित देशभरिका १२ वटा टिमको सहभागिता छन् । मोफसलकै धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन, भने दित्तिय  हुनेले नगद  १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!