एनआरवाईसि र जगन्नाथ बिडिसिए क्रिकेट कप को सेमिफाईनलमा

Posted on: 23 Oct, 2016

बिनोद विष्ट, कात्र्तिक ७ बैतडी
एनआरवाईसि क्रिकेट क्लब बठ्ठा र जगन्नाथ क्रिकेट क्लब थालिगाडा बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिताको समुह बी वाट सेमिफाईनल प्रवेश गरेका छन ।
आईतवार सम्पन्न लिग चरणका अन्तिम खेलमा खोडपे क्रिकेट क्लबलाई ७ विकेटले पाखा लगाउदै एनआरवाईसि सेमिफाईनल प्रवेश गरेको हो भने कालाशैनी क्रिकेट क्लबलाई ८ विकेटले स्तब्ध पार्दै जगन्नाथले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको खोडपे क्रिकेट क्लबले निर्धारित २० ओभरमा कृष्ण विष्टको सर्वाधिक २० रनको मद्दतले ९ विकेटको क्षतीमा ९९ रन बनाएको थियो ।
एनआरवाईसिका सुरज बोहराले २ विकेट हात पारेका थिए ।

१ सय रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एनआरवाईसिले सुरज बोहराकोे अर्धसतकिय पारीसंगै ५४ रनको मद्दतले ११ ओभरमा ३  विकेटको क्षतीमा लक्ष्य भेट्टाएको हो । महामाया क्रिकेट क्लब दुर्गाभवानी र एनआरवाईसिले समान दुई दुई खेल जितेको भएपनि रन रेटका आधारमा पछी पार्दै एनआरवाईसि सेमिफाईनल पुगेको स्कोरर द्रोपती कुवँरले जानकारी दिनुभयो ।

यस्तै बुढाबाजे खेलमैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको कालाशैनी क्रिकेट क्लबले निरज चन्दको सर्वाधिक २२ रनको मद्दतमा जगन्नाथ सामु १७ ओभरमा  आफ्ना सम्पुर्ण विकेट गुमाउदै ७७ रनको झिनो लक्ष्य पस्तुत गरेको थियो । कालाशैनीलाई सस्तैमा समेट्न जगन्नाथका चन्दन रावलले ३ विकेट हात पारेका थिए ।

जवाफी ब्याटिङमा उत्रेको जगन्नाथले ११ दशमलव ४ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो । यसअघि समुह ए बाट योङ्ग स्टार क्रिकेट क्लब मेलौली र पञ्चकोटी क्रिकेट क्लब खडेनी सेमिफाईनल प्रवेश गरिसकेका छन ।

यसैबिच प्रतियोगिता अन्तर्गत सोमवार सेमिफाईनलका खेलहरु हुने भएका छन ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सोमवार हुने पहिलो सेमिफाईनल खेलमा योङ्ग स्टार क्रिकेट क्लब मेलौली र जगन्नाथ क्रिकेट क्लब थालिगाडा आमने सामने हुदा दोस्रो सेमिफाईनल खेलमा एनआरवाईसि क्रिकेट क्लब बठ्ठा र पञ्चकोटी क्रिकेट क्लब खडेनी भिड्ने भएका छन ।  

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २ गतेदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगिताकोे १६ औ संस्करणमा  १६ टिमको सहभागिता रहेको थियो ।

फाईनल खेल तथा उपाधी भिडन्त कात्तिक ९ गते निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सञ्चालन हुने बताईएको छ । प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र द्वितिय हुनेलाइ १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन भने म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!