नवलपरासी र भारतको युपी बिच रातीमा क्रिकेट प्रतियोगिता

Posted on: 25 Oct, 2016

मोहम्मद ईजहार शेष, कात्र्तिक ९, परासी । नवलपरासीमा यस वर्षपनि रातीमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । हुसैनी क्रिकेट क्लब कुश्मा ६ परसीयाको आज बसेको बैठकले  यहि कात्र्तिक १२ गतेवाट दुग्गी नाईट क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको क्लबका अध्यक्ष नबाबुद्दिन अन्सारीले जानकारी दिएको छ । प्रतियोगितामा नवलपरासी र भारतको युपी प्रान्तका क्रिकेट समुहहरुको सहभागिता रह्ने बताईएको छ ।

प्रतियोगिता हरेक दिन साँझ ७ बाट सञ्चालन हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहका हरेक खेलाडीलाई एक एक थान मल्डीमेडिया मोबाईल, दित्तिय समुहलाई एक थान रेन्जर साईकल सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडिहरुलाई पनि आकर्षक पुरस्कार दिईनेछ भने आयोजकले मिडिया पार्टनरको रुपमा सामुदायिक रेडियो परासीलाई राखेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!