मैत्रिपूर्ण क्रिकेट खेलमा खेलकुद पत्रकार मंच बिजयी

Posted on: 12 Nov, 2016


कात्तिक २७, पोखरा । नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंचबीच सम्पन्न २०/२० मैत्रिपूर्ण क्रिकेट खेलमा मंचले रोमाञ्चक जित हासिल गरेको छ ।

पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा टस हारेर वेटिङ गरेको मंचले १३ ओभरमा सवै विकेट गुमाउँदै ५४ रन बनाएको थियो । 

मंचको तफबाट विनोद लामिछानेले सर्वा्धिक १७ रनको योगदान दिए । यसैगरी मैचका तर्फबाट सुनिल पौडेल ११, सुदिप गुरुङ ३, सुजन पौडेल ३, लोकेन ढकाल २, केशव पाठक २, एम वि आस्थाले १ र सुरज श्रेष्ठले १ रनको योगदान दिए । 

मंचका गणेश पौडेल भने शुन्यमा आउट भए भने उमेश पुन नट आउट रहे । टेलिकमको तर्फबाट माधव खत्रीले सर्वा्धिक विकेट ५ विकेट लिए । मंचले १२ रन एक्स्ट्राको रुपमा पाएको थियो । 

यसैगरी नेपाल टेलिकम भने मंचका वलरको कसिलो वलरका सामु टिक्न भने सकेनन् । १२.३ वलमा नै अल आउट हुन पुगेको नेपाल टेलिकम ५० रनमा समेटियो । मंचका तर्फबाट कसिलो वलिङ गर्दै पहिलो ओभरमा नै लोकेन ढकालले मेडन ओभर गरे । लोकेनले आफ्नो ४ ओभरको स्पेलमा ५ विकेट लिए । नेपाल टेलिकमलाई अल आउट गर्न सुनिल पौडेलले ३ र गणेश पोडेलले २ विकेट लिए । 

यता टेलिकमका माधब खत्रीले १५ रनको योगदान दिए पनि टेलिकमका भरपर्दा भनिएका शुरेस वन्जाडे, भिकेन्द्र तञ्डुकार, विनोद तिमिल्सीना, उज्वल पोख्रेल, कुमुत महतो शुन्यमा आउट भए । नेपाल टेलिकमका लागि उमेश घिमिरे २, कृष्ण सुवेदी २ र शंकर थापाले ३ रन बनाए । नेपाल टेलिकमले २५ रन एक्स्ट्रा पाएको थियो ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै मंचका सल्लाहाकार एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष राम कृष्ण ज्ञवालीले यस प्रकारका मैत्रीपूर्ण खेलले पत्रकारहरुलाई खेल पत्रकारिता अनुभव संगाल्न र कर्पोरेट हाउसहरुसंगको आत्मियता वढाउन सहयोग पुग्ने वताए ।

कार्यक्रममा नेपाल टेलिकम पोखरा शाखाका निमित्त प्रमुख रोजन्द्र कुमार दाहाल, गाएक प्रमोद खरेल, टेलिकमका व्यापार अधिकृत राजेश रेग्मी, जिल्ला क्रिकेट संघ कास्कीका सचिव संजयकान्त सिग्देल, टेलिकमका टिम क्यापटेन शकर थापा र मंचका टिम क्यापटेन मन क्षेत्रीले आ–आफ्ना धाराणा राखेका थिए । कार्यक्रम नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकको अध्यक्षतामा भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!