महिला एसिया कप क्रिकेटमा नेपाल ९९ रनले पराजित

Posted on: 02 Dec, 2016


मङ्सिर १७, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ ।

भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहार्दा नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर थियो । आजले नेपालले त्योभन्दा कम स्कोर बनाएको छ ।

यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो ।  नेलपालका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । कतिसम्म भने नेपालका कुनै पनि ब्याट्सवुमनले बनाएको व्यक्तिगत रन भन्दा अतिरित्त रन धेरै रह्यो ।

नेपालका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । चार खेलाडी शुन्य रनमा आउट भए भने सरिता मगरले सर्वाधिक ६ रनको योगदान दिइन् । ज्योति पाण्डे, करुणा भण्डारी र रुविना क्षेत्री २/२ रनमा आउट भइन् भने सीता राना मगर र रोसनी बोहोराले १/१  रन जोडिन् । नेरी थापा, निरा राजोपाध्याय, शोभा आले र संगीता राई शून्यमै आउट भइन् । सरस्वती कुमारी शून्यमै नटआउट रहिन् । भारतकी पुनम यादवले ३ विकेट लिइन् ।

यसअघि टस जितेर भारतलाई ब्याटिङ गर्न नेपालले पठाएको थियो । पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २० रन बनायो ।

भारतका लागि शिखा पाण्डेले नटआउट रहँदै सर्वाधिक ३९ रन बनाइन् भने आपनर भेलास्वामी भनिथाले २१ रनको योगदान दिइन् । त्यस्तै अनुजा पाटिल र हरमनप्रित कौरले क्रमशः १६ र १४ रनको योगदान दिए । नेपालका लागि रुविना क्षेत्रीले २ तथा सीता मगर र करुना भण्डारीले १–१ विकेट लिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!