हङकङमा भएको भट्रिकल रेसमा नेपालकी सुनमाया द्धितिय, पुर्ण लक्ष्मी टपटेन

Posted on: 03 Dec, 2016


नन्दराम जैशी | मंसिर १८, जुम्ला | शुक्रबार हङकङमा सम्पन्न भएको एमएस आईजी लानटाउ ५ किलोमिटर भट्रिकल रेसमा कर्णाली स्पोट्स क्लब जुम्लाकी सुनमाया बुढा द्धितिय भएकी छन् । 

रेसको निर्धारित समयमा ४८ मिनेट ५ सेकेन्ड लगाएर सुनमाया बुढा द्धितिय भएकी हुन् । उक्त प्रतियोगितामा सहभागी कर्णाली स्पोट्स क्लबकी अर्कि खेलाडि पुर्ण लक्ष्मी न्यौपाने टपटेन अर्थात सातौँ स्थान हासिल गर्न सफल हुनु भएको छ । प्रतियोगिता जापानकी यसी युमी जुमी युरी प्रथम हुनु भएको छ । युरीले निर्धारित समय ४५ मिनेट ५७ सेकेण्डमा रेस पुरा गर्नु भयो ।  

प्रतियोगितामा द्धितिय स्थान हासिल गर्न सफल जुम्लाकी सुनमायाले तीन हजार हङकङ डलर प्राप्त गर्नु भएको छ । यस्तै डिसेम्बर ४ तारिखमा हुने हङकङ एमएसआईजी लानटाउ ५० किलो मिटर भट्रिकल रेसमा पनि सुनमाया बुढा र पुर्णलक्ष्मी न्यौपानेले सहभागिता जनाउने कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । उनीहरुलाई हङकङ  सम्म पुर्याउन ट्रेल रनिङ्ग नेपालले सहयोग गरेको छ ।   

माथिको तश्विरमा : सुनमायाँ बुढा | तलको तश्विरमा: पूर्णलक्ष्मी न्यौपाने 


यस बिषयमा तपाइको प्रतिक्रिया...!