सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको समापन

Posted on: 12 Dec, 2016

कमल रावल, मंसिर २७, अछाम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको साफेबगरमा एक कार्यक्रमका बिच समापन गरिएको छ । क्षेत्रिय खेलकुद विकास समितीका कोषाध्यक्ष हिरण्ड भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुवर प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती कुवरले खेलमा हारजित नभई नयाँ आत्मियता कायम हुने भएकाले खेलाडीले अनुशासित ढँगले बढनु पर्ने बताएका थिए । खेलकुदले राष्ट्रलाई चिनाउने भएकाले राष्ट्रका गहनलाई सबैले बचाई राख्नु पर्नेमा जोड दिएका थिए । खेलाडीले मेहनती, लगनशिल, अनुशासित भएर अघि बढन सके सफलता मिल्ने भएकाले यसमा लगनशिल भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल विशिष्ट अथिती रहनु भएको कार्यक्रममा नेपाली काग्रेसका महासमिती सदस्य राजन कुवर, नेकपा एमाले जिल्ला कमिटी सदस्य शिव कुवर शिलोज, नेकपा माओवादि केन्द्रका सुरत भुल, राष्ट्रिय रेफ्रि लक्ष्मण सिह मणी लगाएतले मन्तव्य राख्दै खेल क्षेत्रको विकासका लागि सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा प्रतियोगितालाई सफल पार्न आर्थिक, भौतिक, समाजिक रुपमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । प्रतियोगिता उपसमिती संयोजक हिक्मत कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन जिल्ला खेलकुद विकास समितीका प्रशिक्षक मिन बहादुर बुड्थापाले गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!