सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा कञ्चनपुर प्रथम

Posted on: 12 Dec, 2016

कमल रावल, मंसिर २७, अछाम । अछाम जिल्लामा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा कञ्चनपुर प्रथम भएको छ । आज भएको फाईनल खेलमा अछामलाई सोझै सेटमा पराजित गर्दै प्रथम भएको हो । कञ्चनपुरले अछामलाई पहिलो सेटमा २६ का विरुद्ध २८, दोस्रोमा सेटमा १९ का विरुद्ध २५ र तेस्रो सेटमा १५ का विरुद्ध २५ ले पराजित गर्दै प्रथम हुन सफल भएको हो । प्रतियोगितामा अछाम दोस्रो भयो भने कैलाली तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय टिमका खेलाडीलाई साफेबगरका व्यापरिले नगद पुरुस्कार साथ मेडल, प्रमाण पत्रका साथ पुरुस्कृत गरिएको थियो । यहि मंसिर २४ गतेबाट सुरु भएको प्रतियोगितामा सुदुरपश्चिमा ९ जिल्लाको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!