नमुनादीप कप खुल्ला पुरूष भलिबलमा नमुनादीप र युवा संघ फाइनलमा प्रवेश

Posted on: 15 Dec, 2016

प्रज्वल पाैडेल । मंसिर ३०, रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा नमुनादीप युवा क्लब सैपु र युवा संघ नेपाल नागदह फाइनलमा प्रवेश गरेका छन् । नमुनादीप युवा क्लवकाे अायाेजनामा सैपु फेदीमा अाज भएकाे पहिलाे खेलमा गाम्नाङटार सेवा समाज अाेखलढुङ्गा र युवा संघ नेपाल नागदह वीच भएकाे खेलमा २१-२५, १९-२५, ९-२५, अंक ल्याउदै युवा संघ नेपाल नागदह फाईनल चरणमा प्रवेश गरेकाे हाे ।

 त्यसैगरी नमुनादीप युवा क्लव सैपु रामेछाप र हिमगंगा शान्ति क्लब टारकेराबारी अाेखलढुङ्गा वीच भएकाे दाेस्राे खेलमा २५-१८,  २१-२५, १९-२५,  २५-२०, १५-११ अंक ल्याउदै नमुनादीप युवा क्लब सैपु फाईनलमा प्रवेश गरेकाे हाे । 

यसैविच तृतीय स्थानका लागि गाम्नाङटार सेवा समाज अाेखलढुगा र हिमगंगा शान्ति क्लब टारकेराबारी अाेखलढुङ्गा वीच भएकाे तेस्राे खेल २/२ सेट विजयी भएकाले पुन भाेली सुरूवातबाट खेलाईने अायाेजकले जनाएकाे छ । फाईनल खेल भाेली विहान १० बजेबाट सुरू हुनेछ ।

 प्रतियोगितामा  प्रथम हुने टीमलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीय हुने टीमलाई २५ हजार नगद सहित शिल्ड, मेडल प्रदान गरिने खेलकुद संयाेजक राजन बस्नेतले जानकारी दिनुभयाे । मंगलबारबाट सुरू भएकाे खेलमा ८ टीमकाे सहभागीता रहेकाे थियाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!