नवलपरासीका रोहितले जब अन्तिम ओभरमा भारतविरुद्ध छक्का-चौका वर्षाए

Posted on: 16 Dec, 2016


पुस १, काठमाडौं । रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरमा पुर्‍याए । आजको खेलमा हारका बाबजुद पनि नेपाली त्रिकेट समर्थकहरुले अन्तिम ओभरमा हानेको तीन चौका र एक छक्कालाई संधै स्मरण गरिरहनेछन् । ९८ बलको सामना गरेका रोहितले अविजित रहेर नेपालका लागि बलियो स्कोर बनाउने प्रयास गरेका थिए ।

निकै कम्जोर पर्दर्शनका बीच पनि रोहितको सहयोगले नेपालले निकै सम्मानजनक स्थिति बनायो । रोहित मैदान प्रवेश गर्दा नेपालको स्कोर ८६ रन मात्र थियो र, आधा खेल बाँकी नै थियो । तर, रोहितले एउटा इन्डमा बसेर भारतीय बलरहरुको डटेर सामना त गरे नै, अन्तिम ओभरमा जे गरे, त्यो निकै गज्जबको थियो । कमलेस नगरकोटीको पहिलो बलमा कुनै पनि रन नलिएका उनले दोस्रो बलमा छक्का हाने । तेस्रो र चौथो बलमा चौका हानेका उनले पाँचौ बलमा छक्का हाने । र, छैटौं बलमा फेरि चौका हान्दै नेपालको पारी समाप्त गरे । जुन निकै राम्रो मात्र हैन बिरलै देखिने पर्दर्शन हो । 

नवलपरासीका रोहित काठमाडौंको बालुवाटार क्रिकेट क्लबबाट खेल्दै आएका छन् । प्रशिक्षक रिकेश लामाका अनुसार उनी अलराउण्डर हुन् र क्लबमा खेल्दा ओपनिङ व्याटिङ गर्छन् । ‘उनी क्लबमा तीन वर्षदेखि छन्,’ लामाले भने, ‘उनी टिममा व्याट्सम्यानको रुपमा परेका हुन् । तर, बलिङ पनि त्यति नै राम्रो गर्छन् ।’

उनी क्लबमा तेस्रो-चौथो नम्बरका बलर हुन् । अहिले यू-१९ टिममा भने भैरहवामा भएको ट्यालेन्ट हन्टबाट उनी छनौट भएका हुन् । उनको आजको खेल पर्दर्शनलाई क्रिकेटप्रेमीहरुले निकै प्रशंशा गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!