नमुनादीप कप खुल्ला पुरूष भलिबलमा युवा संघ नेपाल नागदह बिजयी

Posted on: 17 Dec, 2016

प्रज्वल पाैडेल । पुस १,  रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा युवा संघ नेपाल नागदह बिजयी भएकाे छ । नमुनादीप युवा क्लब र युवा संघ नेपाल नागदह बीच अाज भएकाेफाईनल खेलमा २३-२५, १६-२५,१८-२५ अंक ल्याउदै प्रथम बनेकाे हाे ।  याे सँगै अायाेजक टीम नमुनादीप युवा क्लब द्वितीय भएकाे छ ।

यस्तै हिमगंगा शान्ती क्लब टारकेराबारी अाेखलढुगा तृतिय भएकाे छ । अाज विहान हिमगंगा शान्ति क्लब टारकेराबारी अाेखलढुङ्गा र गाम्नाङटार सेवा समाज अाेखलढुगा वीच भएकाे खेलमा २५-२६, २६-२४, २५-१९, १९-२५, १५-११ अंक ल्याउदै टारकेराबारी तृतिय भएकाे हाे । 

 प्रतियोगितामा  प्रथम हुने टीमलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीय हुने टीमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र  प्रदान गरिएकाे छ । कार्यक्रमका लागी प्रथम पुरस्कार गाेविन्द खड्का, द्वितीय पुरस्कार दिनेश पाैडेल र तृतिय पुरस्कार मिलन विष्टले प्रदान गर्नुभएकाे हाे ।

ख्ेलमा उत्कृष्ट खेलाडी बुद्धिराम चाैधरी, बेस्ट स्पाईकर सराेज हायु, बेस्ट लिब्राे बीरेन्द्र प्रसाद चाैधरी , बेस्ट ब्लकर धु्रव पाैडेल र बेस्ट सेटर उत्सब खड्का छनाैट भएका छन् ।नमुनादीप युवा क्लब सैपुकाे अायाेजनामा मंगलबारबाट सुरू भएकाे खेलमा ८ टीमकाे सहभागीता रहेकाे थियाे ।

यसैविच खेल समापन समाराेहमा बाेल्दै प्रमुख अतिथि एमाले नेता एवम् समाजसेवी गाेविन्द खड्काले राष्ट्रिय खेलाडि सहभागी गराएर खेल खेलाउनु निकै महत्त्वपूर्ण भएकाे बताउनुभयाे । उहाँले अरूणाेदय मावि सैपु र चाेक्टेखाेला लघुजलविद्युत् अायाेजना सैपु ७ लाई ५१/५१ हजार रूपैया सहयाेग गर्ने घाेषणा गर्नुभएकाे छ । खड्काले सैपुमा विद्धुत जडानका लागि अावश्यक सहयाेग गर्ने प्रतिवद्धता समेत जनाउनुभएकाे छ । यस्तै पुर्व सांसद एवम् एमाले नेता कमल प्रकाश सुनुवारले सरकार संविधान कार्यान्वयन गर्नुपर्ने बेला संविधान संशाेधन गर्न लागेकाे बताउनुभयाे । उहाँले जनताकाे जनजिविकाकाे पक्षमा एमाले सधै लागि पर्ने बताउनुभयाे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!