आज पनि नेपालले माल्दिभ्सलाई ९ गोल हान्यो, सावित्रा एक्लैले ५ गोल गरिन

Posted on: 28 Dec, 2016

पुस १३, काठमाडौं । भुटानसँगको खेलमा २ ह्याट्रिक गरेर चम्केकी नेपाली फुटबलर साबित्रा भण्डारीले आज पनि ५ गोल गर्दा नेपालले ९ गोल गर्दै माल्दिभ्सलाई पराजित गरेको छ । यसै खेल सँगै महिला साफ च्याम्पियनसिप अन्तरगत उत्कृष्ट प्रर्दशन गरेको नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

आजको खेलमा नेपालले लगातार ९ गोल गर्दा माल्दिभ्सलाई कुनै गोल गर्न सकेन । नेपालले पहिलो गोल १२ औं मिनेटमा साबित्रा भण्डारीमार्फत गरेपछि लगातार माल्दिभ्सको पोष्टमा नेपालको गोल भईरह्यो । नेपालले दोश्रो गोल २८ औं मिनेटमा सावित्राबाटै गर्यो भने उनले तेश्रो गोल ३९ औं मिनेटमा गर्दै हृयाट्रिक पुरा गरिन् । त्यस्तै ५० औं मिनेटमा साबित्राले फेरी अर्को गोल गरिन् भने फेरि अर्को गोल ५२ औं मिनेटमा मञ्जली योनजनले गरिन् ।

त्यसपछि ६३ औं मिनेटमा साबित्राले फेरी अर्को गोल गर्दै आफ्नो गोल संख्या पाँचौं पुर्याईन । त्यस्तै ७१ औं मिनेटमा सपना लामा र ७४ औं मिनेटमा हिराकुमारी बुजेलले गोल गरेर नेपालको खातामा ९ गोल पुर्याए । नेपालले आफ्नो अन्तिम गोल  निर्मला विकमार्फत गर्दै ९-० को उत्कृष्ट पर्दर्शन गर्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!