विश्व फुटबल वरियतामा नेपालको स्थति सुधारियो, दक्षिण एसियामा तेस्रो

Posted on: 12 Jan, 2017

पुस २८, काठमाडौँ | फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । 

गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औं दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान नेपालभन्दा एक स्थानमुनि अर्थात् १७६ औं स्थानमा छ । 

पाँच स्थानमा खस्किएको बङ्गलादेश वरियताको १९० औं स्थानमा छ । दक्षिण एसियाका श्रीलङ्का र पाकिस्तान क्रमशः १९६ औं  र १९७ औँ स्थानमा छन् । त्यस्तै अफगानिस्तान पाँच स्थान खस्कँदै १५१ औँ स्थानमा पुगेको छ । 

फिफा वरियतामा पहिलो स्थानमा अर्जेन्टिना, दोस्रामा ब्राजिल तथा तेस्रामा जर्मनी छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!