सुदुरपश्चिम खप्तड गोल्डकप: संकटा क्लब फाईनलमा

Posted on: 13 Jan, 2017


दिनेश ठकुल्ला/पुस २९, धनगढी । धनगढी क्षेत्रिय रंगशालामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत शुक्रबार भएको सेमीफाईनल खेलमा आयोजक सुदूरपश्चिम ११ लाई १.० गोलले स्तब्ध पार्दै संकटा क्लब फाइनलमा प्रबेश गरेको छ । 

खेलको १६ औं मिनेटमा डि बक्स नजिकै फाएको फ्रि किकको सदुपयोग गर्दै संकटाका अनिल तामाङले गरेको प्रहार किपरलाई छल्दै गोलमा परिणत भएको थियो । खेलमा त्यो नै निर्णायक गोल हुन पुग्यो ।

खेलको पहिलो हाप देखि नै निकै आक्रामक रुपमा प्रस्तुत भएको आयोजक सुदूरपश्चिम ११ ले कुनै गोल गर्न सकेन । घरेलु दर्शकको पुरा साथ पाएको आयोजक सुदूरपश्चिम ११ ले खेल अवधिभर बललाई आफ्नो नियन्त्रण राख्न सफल भए पनि संकटाका गोल रक्षक टिकेन्द्र थापाले सुदूरपश्चिम ११ का खेलाडीहरुले गरेको प्रहारलाई विफल तुल्याइ दिएका थिए । उनि खेलका म्यान अप दी म्याच समेत घोषित भए । 

संकटाका प्रशिक्षक सल्यान थापाले खेलमा केहि खेलाडी घाईते भएका कारण दवावमा खेल्नु परेको स्विकार गर्दै फाईनल जित्नका लागि आफुहरु तयार रहेको प्रतिकृया दिनुभयो  ।

शनिबार हुने फाईन खेल संकटा र मनाङमस्र्याङ्दी विच हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!