रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई

Posted on: 17 Jan, 2017


माघ ४, काठमाडौँ । नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिसले आर्मीलाई चार विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । 

आर्मीले दिएको १४३ रनको लक्ष्यलाई पुलिसले १९ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै, कुशल भूर्तेलले नटआउट ३४, दिलीप नाथले २४ तथा योगेन्द्रसिंह कार्कीले ११ रन जोडे । 

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४२ रनको योगफल बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३८, नरेश बुढाऐरले २८, अनिल मण्डलले १५ तथा सोमपाल कामीले नटआउट १५ रन जोडे । 

आर्मीलाई १४२ रनमा समेट्ने क्रममा पुलिसका ललितसिंह भण्डारी र कुशल भूर्तेलले समान दुई÷दुई विकेट लिए भने मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान एक÷एक विकेट हात पारे । 

आर्मीका जीतेन्द्र मुखिया र विक्रम सोबले समान दुई÷दुई विकेट लिएका थिए । उपाधिसँगै पुलिसले रु तीन लाख हात पा¥यो । त्यस्तै उपविजेतामा सीमित बनेको आर्मीले रु दुई लाख प्राप्त ग¥यो । 

काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको आयोजना भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!