नेत्रहिन विश्वकप क्रिकेट: नेपालले दियो अष्ट्रेलियालाई १४४ रन लक्ष्य

Posted on: 31 Jan, 2017

माघ १८, काठमाडौं । नेत्रहिन विश्वकप क्रिकेटमा नेपालले अष्ट्रेलियालाई १ सय ४४ रनको लक्ष्य दिएको छ । 

भारतको दिल्लीमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको हो । नेपालका सुनिल क्षेत्रीले ३४, किर्तन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ र सुनिल थापाले १२ रन बनाए । 

अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ३८ रन अतिरिक्त पाएको छ । यसअघि सन् २०१२ मा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ७ विकेटले हारेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!