बागलुङका तेक्वान्दो प्रशिक्षक थापामगर प्रशिक्षणका लागि अमेरिका जाँदै

Posted on: 01 Feb, 2017


माघ १९, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा आइटिएफ तेक्वान्दो स्पेशल ट्रेनिङ लिन जाने आइटिएफ तेक्वान्दोका प्रशिक्षक बागलुङ अधिकारीचौरका घम थापा मगरलाई एक कार्यक्रम गरि विदाई गरिएको छ । 

मगरलाई त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्ट र नेपाल मार्शल आर्ट गेम्स कमिटीका अध्यक्ष प्रविन कुमार कार्किले प्रशिक्षक थापामगरलाई एक कार्यक्रमका विच विदाई गर्नुभयो । 

सो अवसरमा सदस्यसचिव विष्टले नेपालको लागि खेलकुदमा उज्वल भविष्य निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण लिएर आउन शुभकामना दिनुभयो । उहाँ आगामी सोमबार आमेरिका तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षक थापामगरले भर्जि्नियामा आगामी माघ २४ गते देखि चैत्र २३ गते सम्म एक महिना तेक्वान्दोका आधुनिक कला सम्बन्धि प्रशिक्षण लिनेछन् । हाल अमेरिकामा रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका पुर्व अध्यक्ष कृष्ण बहादुर बलालसँग पनि प्रशिक्षण लिने कार्यक्रम रहेको छ । 

भर्जिनियाँमा रहेको अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो प्रशिक्षण केन्द्रमा विशेष प्रशिक्षण लिने प्रशिक्षक थापामगरले बताउनुभायो । त्यसपश्चात स्पोट्र्स साइन्सको आधारभुत अध्ययनका लागि क्यानडा प्रस्थान गर्ने कार्यक्रम रहेको थापामगरले जानकारी दिनुभयो ।

विदाई कार्यक्रमको अवसरमा राखेप सदस्यसचिव विष्टले प्रशिक्षक थापामगरलाई सम्मानपत्रद्वारा सम्मान समेत गर्नुभएको थियो । नेपालको विकट क्षेत्र बाग्लुङको बुर्तिबाङमा तेक्वान्दो खेल विकासका लागि पु¥याएको योगदान कदर स्वरुप सम्मान गरिएको मार्शल आर्ट गेम्स कमिटीका अध्यक्ष कार्की बताउनुभयो । 

थापा मगरको अगुवाईमा यसअघि बाग्लुङको बुर्तिबाङमा प्रोफेशनल तेक्वान्दो च्याम्पियनसिप सञ्चालन गर्न योगदान गरेकाले प्रोत्साहानका लागि सम्मान गरिएको कार्कीले जानकारी दिनुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!