कञ्चनपुरबाट एक्सपर्ट स्कुल क्रिक्रेट लिग सुरु

Posted on: 02 Feb, 2017


सुरेश भट्ट/माघ २०, क्ञ्चनपुर । क्ञ्चनपुर जिल्लावाट एक्सपर्ट क्रिक्रेट लिग सुरु भएको छ ।

आज कञ्चनपुर जिल्ला महेन्द्रनगरको   खुला मञ्च बाट एक्सपर्ट स्कुल क्रिक्रेट लिग सुरु भएको हो । हिमालयन क्रिक्रेट एकेडेमी को आयोजना र एक्सपर्ट एजुकेशनको सहयोगमा खेल सुरु भएको छ ।

देशलाइ चिनाउनलाइ खेलको आवश्यक्ता भएकोले क्रिक्रेटको आयोजना गरिएको हिमालयन क्रिक्रेट एकेडेमी का अध्यक्ष शक्ती सिह भण्डारीले बताउनु भएको छ । कञ्चनपुर जिल्ला वाट सुरु भएको खेल कैलाली, चितवन, पोखरा, काठमाडौ, झापा हुदै देश भरका ८ जिल्ला सम्म हुने खेल संयोजक करन सिह पालले जानकारी दिनु भएको छ ।

सर्व प्रथम जिल्लामा रहेका खेलाडी हरुलाइ छनोटा गरी फाल्गुनमा नेशनल एक्सपर्ट क्रिक्रेट लिग खेलाइने आयोजकले जनाएको छ । क्ञ्चनपुरमा आयोजना गरिएको एक्सपर्ट क्रिक्रेट लिगमा १६ टिम  रहेका छन् भने खेल फल्गुन ८ गते सम्म चल्ने छ । 

आज पहिलो खेल सनराइज उच्च माध्यमिक र चन्द्र सुर्य खेली रहेका छन् । कार्यक्रमको उद्घाटन हिमालयन क्रिक्रेट एकेडेमी का अध्यक्ष करन सिह पाल , प्रमुख अतिथी व्यवस्थापिकाका सासंद कृपाराम रानाले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!