कैलालीमा सांसद कप हुने

Posted on: 05 Feb, 2017

दिनेश ठकुल्ला | माघ २३, धनगढी | कैलाली निर्वाचन क्षेत्र नम्वर ६ मा यस वर्षदेखि एमपी कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । फुटवल, भलिवल, क्रिकेट र उसु गरी चार खेलका एक हजारभन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने धनगढीमा पत्रकार सम्मेलन गर्दै यो जानकारी दिईएको हो । 

प्रतियोगिता फागुन ७ गतेदेखि सुरु हुनेछ । धनगढी उपमहानगरपालिका भित्र खेलाडी उत्पादन, व्यवसायिक खेलकुको विकास, गाउ गाउमा खेलकुदको विकास गर्नका लागि एमपी कप प्रतियोगिता सुरु हुन लागेको हो । कैलाली क्षेत्र नम्व्र ६ का सांसद पुष्करनाथ ओझाको संरक्षकत्व र पहलमा हुने प्रतियोगितामा उप महानगरपालिकाका २० वटै वडाका टीम तथा खेलाडीहरुलाई सहभागी गराईने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा प्रतियोगिताको सुरुवात गरेर वाकी रहेका खेलहरु त्यसपछि आयोजना गरिने सासद पुष्करनाथ ओझाले जानकरी दिनुभयो । 

 फुटवल, भलिवल, क्रिकेट र उसु गरी चार खेलका एक हजारभन्दा वढी खेलाडीले सहभागीता जनाउने छन । वडा वडाका खेलाडीहरु वीच हुने हुने प्रतियोगिता सञ्चालनका लागि वव्लुकुमार चौधरीको अध्यक्षतामा ५१ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ । ३५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि फुटवल खेलका लागि प्रकाश विष्ट, भलिवलको नारायणदत्त भट्ट, क्रिकेटको रतन कठायत र उसुको विष्णु चन्दलाई संयोजकको जिम्मा दिईएको छ । प्रतियोगिताको तयारी स्वरुप समिति गठन गरेर अगाडी वढिरहेको आयोजक समितीका संयोजक बब्लुकमुार चौधरीले जानकारी दिनुभयो । 

फुटवल भलिवल र क्रिकेटका २० वटै टीमका गरी एक खेलमा ३२० खेलाडी र उसुमा ३१ वटा तौल समुहमा १३० खेलाडीले भाग लिनेछन । प्रतियोगितालाई सम्पन्न गर्नका लागि आर्थिक संकलनको काम पनि सुरु गरिएको आर्थिक समितीका संयोजक योगेश मल्लले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!