राष्ट्रपति शिल्ड मच्छिन्द्रलाई

Posted on: 28 Feb, 2017

प्रकाश धौलाकोटी | फागुन १७, तेह्रथुम | तेह्रथुममा यसवर्ष पनि राष्ट्रपनि रनिङ शिल्ड मच्छिन्द्र मावि सुदापले जितेको छ । म्याङलुङ्ग नगरपालिकाको जिरिखिम्तीबजारमा सोमबार सम्पन्न नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा साविक विजेता मछिन्द्र माध्यमिक विद्यालय सुदाप पुनः विजयी बनेको हो । 

यस्तै कृष्ण मावि सक्रान्ति दोश्रो र सिंहबाहिनी मावि म्याङलुङ्ग तेश्रो भएका छन । प्रथम हुनेले नगद १५ हजार, राष्ट्रपति रनिङ्ग शिल्ड र प्रमाण पत्र, दोश्रो हुनेले नगद १२ हजार, प्रमाण पत्र र तेश्रो हुनेले नगद ९ हजार र प्रमाण पत्र पाएका छन । प्रतियोगितामा जिल्लाका निजी तथा सामुदायिक गरी ४२ वटा विद्यालय सहभागी भएको आयोजक जिल्ला खेलकूद विकास समितिका अध्यक्ष केशव भट्टराईले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!