प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधी रेडियो देउरालीलाई

Posted on: 20 May, 2017
जेठ ६ अर्घाखाँची | प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधी रेडियो देउरालीले हात पारेको छ । त्यस्तै दोस्रो स्थान बुलन्द साप्ताहिकले हात पारेको छ ।
नयाँ एफ एम ८७ दशमलव ६ मेगाहर्जको आयोजनामा सञ्चालनमा अर्घाखाँची जिल्लामा प्रथम मिडिया कप फुटसल प्रतियोगिता सम्पन्न भएको हो । फाइनल खेलमा बुलन्द साप्ताहिकलाई शुन्यका विरोद्ध १ गोलले रेडियो देउरालीले उपाधी चुम्न सफल भएको हो । रेडियो देउरालीले नयाँ एफ एमलाई र बुलन्द साप्ताहिकले रेडियो सूर्यदयलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए । यो प्रतियोगिता जिल्लामा पहिलो पटक आयोजना गरीएको हो । नयाँ खबर र विचारको सम्मान , नयाँ एफ एम अर्घाखाँचीको पहिचान भन्ने मूल मर्मका साथ रेडियोको आप्mनो स्थापनाको पाचौँ वार्षिकोत्सवको अबसरमा सो प्रतियोगिता गरीएको हो । प्रतियोगितामा जिल्लामा संचालित संचार माध्यमहहरु रेडियो नयाँ एफ एम रेडियो सूर्यदय , रेडियो अर्घाखाँची , रेडियो देउराली र बुलन्द साप्ताहिक पत्रीका गरी ५ समूहको सहभागिता रहेको थियो । एफ एमले यहि जेष्ठ १३ गते पाँचौ स्थापना दिवस मनाउदै छ । २०६९ साल जेष्ठ १३ देखि आप्ःनो प्रसारण सुरु गरेको नयाँ एफ एम हालसन्धिखर्क नगरपालिका १ पटुवाथुमबबाट संचालनमा आइरहेको छ् । दैनिक १८ घण्टा प्रसारण हुने नयाँ एफ एम जिल्लामा स्थापित ब्यबसायिक रेडियो हो । बर्षिकोत्सवको अबसरमा रेडियोले यहि जेष्ठ १३ गते सन्धिखर्कमा बृहत अन्तरकृयात्मक कार्यक्रम , स्रोता सम्मान, तथा पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ । उता खेलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं अर्घाखाँची जिल्ला न्यायधिस केशव प्र. बास्तोलाले पत्रकारहरु समाचार लेखन , समाचार बोल्ने मात्र होइन खेलकुदमा पनि उत्तिकै माहिर हुन्छन् भन्ने गतिलो उदाहरण दिएको बताए । त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धी प्र. भुसालले फुटसल प्रतियोगिता जिल्लामा पहिलो पटक भएको हुनाले यस खेलको विकासको लागी आफु लाग्ने बताएका छन् । त्यस्तै नयाँ एफ एमका स्टेसन म्यानेजर हरी प्र भुसालले यो प्रतियोगिताले जिल्लामा रहेका पत्रकार विचमा सुमधुर सम्बन्ध र सद्भाव कायम गरेको बताए । प्रतियोगिताको संचालन शेषकान्त घिमिरे ओसनले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!