च्याम्पियन्स ट्रफी फाइनल: पाकिस्तानद्वारा भारत १८० रनले पराजित

Posted on: 18 Jun, 2017

असार ४, काठमाडौँ | च्याम्पियन्स ट्रफी फाइनल खेलमा पाकिस्तानले भारतलाई १८० रनले पराजित गरेको छ | यस संगै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी जितेको छ ।

फाइनल खेलमा पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले ५० ओभरको खेल खेल्दै ४ विकेटको क्षेतीमा ३३८ रन बनाएको थियो, जवाफि ब्याटिङ्ग गरेको भारतले ३०.३० ओभरमै १५८ रनमै समेटिन पुग्यो । 

पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ११४, अजहर अलीले ५९ र मो. हफीजले ५७* रन बनाएका थिए । पाकिस्तानको विकेट गिराउने क्रममा भारतले पाकिस्तानको पहिलो विकेट २२.६ ओवरमा लियो, खेलमा अजहर अली ५९ रन लिने क्रममा रन आउट बने । त्यस्तै पाकिस्तानको दोश्रो विकेट ३३.१ ओवरमा हार्दिक पाण्डेले जमान ११४ रनमा आउट गरे । उनको क्याच भारतका रविन्द्र जडेजाले लिएका थिए । त्यस्तै भारतको तेश्रो विकेट शोएब मलिक (१२) को रूपमा गिर्यो । ३९.४ ओवरको खेलमा भुवनेश्वरको बलमा उनलाई केदार जाधवले क्याच आउट गरिदिए । यतिखेरसम्म पाकिस्तानको स्कोर २४७ बनेको थियो । त्यस्तै पाकिस्तानको चौथो विकेट बाबर आजमको रह्यो । ४२.३ ओवरमा केदार जाधवको बलमा युवराज सिंहले उनलाई क्याच आउट गरे । बाबरले ५२ बलमा ४६ रन बनाएर आउट भएका थिए ।

यसरी पाकिस्तानले दिएको ३३९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले सुरुवाती खेलमा निकै खराब खेल खेल्यो । खेलको सुरुवाती ओभरमै रोहित शर्मा (0) रन आउट भए । उनलाई मो. आमिरले १ बोल्ड गरिदिए । जतिबेला भारतले खाता समेत खोल्न पाएको थिएन । 

जब २.४ ओभरले खेल हुँदै थियो तब भारतले फेरि दोश्रो झड्का पायो । निकै प्रभावशाली खेलाडी विराट कोहली ५ रनमै क्याच आउट भए । बिराट आउट हुँदा भारतको स्कोर जम्मा ६ रन बनेको थियो । 

भारतको लागि तेश्रो झड्कामा शिखर धवन परे । २१ रन जोडेका धवन खेलको ९ ओभरको खेलमा क्याचआउट बने । धवन आउट हुँदा भारतको खातामा ३३ रन जोडिएको थियो । 

भारतको चौथो र पाँचौ झड्का ४ बलको अन्तरमा भयो । जसमा युवराज र धोनी आउट भए । चौथो विकेटमा युवराज सिंहले २२ रन बनाएका थिए भने एमएस धोनी जम्मा ४ रन बनाएर आउट भए । पाकिस्तानी खेलाडी हसन अलीको बलमा इमाद वसीमले उनलाई क्याच आउट गरेका थिए । त्यतिखेर सम्म भारतीय टिमको स्कोर ५४ रन थियो ।

त्यस्तै भारतको छैतौं विकेट अन्तर्गत केदार जाधवले ९ रनमा आउट भए । उनि १७ औं ओभरको खेलमा शादाब खानको बलमा क्याचआउट बने ।

त्यस्तै भारतले सातौँ विकेटको रुपमा हार्दिक पाण्डेलाई आउट गर्यो । निकै राम्रो स्कोर जोडेका पाण्डेले भारतको सर्वाधिक ७६ रन जोडेका थिए । लगत्तै २६.३ ओभरमा रवीन्द्र जडेजा १५ रन बनाएर पवेलियन फर्किए । २७.३ ओवरमा जुनैद खानको बलमा बाबर आजमले उनलाई क्याच आउट गरे ।

त्यस्तै भारतको नवौं विकेट आर. अश्विनले १ रन बनाएर आउट भए । २८.१ ओवरमा हसन अलीको बलमा सरफराजले उनलाई क्याच आउट गरे । यतिखेरसम्म भारतको सकोर १५६ रन थियो । अब खेलको अन्तिममा आएका जस्प्रित बुम्राहले १ रन मात्र जोडेर आउट भए । 

खेलमा भुव्नेश्वर कुमार नट आउट रहे, उनले १ रन मात्र जोडेका थिए पाकिस्तानले जस्प्रित बुम्राहलाई आउट गर्दै भारतलाई अलआउट बनाइदियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!