नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

Posted on: 21 Jul, 2017


साउन ६, काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । 

यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए । सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए । सिंगापुरले केहीबेरमा लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!