खेल्दाखेल्दै बलले लागेर क्रिकेटरको मृत्यु

Posted on: 17 Aug, 2017


भदौ १, काठमाडौँ । पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गएको छ । 

पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदलाई बलले टाउकोमा लागेको हो ।

 खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमाबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाएको छ । 

बलले लागे लगतै अहमदलाई अस्पताल लगिएको भएपनि बचाउन भने सकिएन । पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अहमदको निधन भएको पुष्टि गरेको छ । 

बोर्डले परिवार तथा खेलाडी तथा समर्थकप्रति समवेदना प्रकट गरेको छ । बोर्डले सबै खेलमा अनिवार्य रुपमा हेलमेट प्रयोग गर्न पनि खेलाडीलाई आह्वान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!