'भ्याली कप' चौथो संस्करण सूरु, भ्याली क्लबले बुलेट क्लबलाइ ११–० ले पराजित

Posted on: 02 Sep, 2017


टेक शाही/भदौ १७, डोल्पा । भ्यालीक कप चौथो सँस्करणको खेल शनिबारबाट सूरु भएको छ । 

डोल्पा जिल्लाको सर्बाधकि ठुलो प्ररस्कार रासि रहेको भ्यालीक कप फुटबल प्रतियोगितको चौथो सँस्करणका खेल शनिबार उद्धघाटन गरि सूरु भएको दुनै भ्याली क्लबले जानकारि दिएको छ । 

उद्धघाटन सत्रको खेलमा आयोजक दुनै भ्याली क्लबले बुलेट क्लबलाइ ११–० गोलले पराजित गरेको छ । भ्यालीका क्याप्टेन सट कुमार बिसि र सहायक क्याप्टेन अपार गूरुङ्गले ह्याट्रिक गरे भने अन्य खेलाडीले एक एक गोल गरेका हुन । भारि बर्षाको बिचमा भएको मैत्रिपूर्ण खेलामा सयौ दर्शकहरुले अवलोकन गरेका थिए । 



दुनै भ्याली क्लबको आयोजनामा हुन लागेको जिल्ला स्तरिय फुटवल प्रतियोगितमा जिल्लाका बिभिन्न ११ टिमले सहभागिता जनाउने भएको भ्याली क्लबका अध्यक्ष शिक्मत शाहीले जानकारि दिए । उनका अनुसार आयोजनामा बिजेताले नगद १ लाख १ हजार ट्रफि र प्रमाण पत्र पाउने छ भने उपबिजेताले ४० हजार नगद मेडल र प्रमाण पत्र पाउने बताए । 

खेलकुद हरेक युवा पुस्ता र भाबि पुस्तका लागि लक्षित गरि स्वस्थ तन्दूरुष्त र अनुशासित बनाउनको लागि खेलाइने भएकोले यस्लाइ अनुशासनको प्रतिकका रुपमा लिन नेपाल त्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले बताए । 

भबिष्यमा उच्च हिमाली खेलकुदको मुख्य स्थान डोल्पा हुने भएकाले पनि अहिलेबाट नै सबै खेलमा यसवाहरुले चासो दिनु आबास्यक रहेको बताए । 


भ्याली कप चौथो सँस्करणका लागि ठुलीभेरि नगरपालिकाले मुख्य प्रायोजन गरेको छ भने अन्य प्रयोजनामा बिमलयन बेकरी उद्योग तथा रोजा फार्मिङ्ग,डोल्पो हिमालयन बचत तथा श्रृण सहकारि सँस्था त्रिपूरा सुन्दरी नगरपालिका र पला गेष्टा हाउस रहेका छन । 

त्यसै गरि सह प्रयोजनमा किर्डाक नेपाल डोल्पा र ओमपार गेष्ट हाउस रहेको दुनै भ्याली क्लबले जानकारि दिएको छ । भ्याली कप यहि भाद्र ३१ गते सम्ममा सम्पन्न हुने छ । दुनै भ्यालीक क्लबको चौथो बार्षिक उत्सब तथा बिजया दशमिको उपलक्ष्यामा जिल्ला स्तरिय फुटबलको आयोजना गरेको क्लबले जानकारि दिएको छ । 





यस बिषयमा तपाइको प्रतिक्रिया...!