राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा दार्चुलाका प्रिन्स बिजयी

Posted on: 09 Sep, 2017

लोकेन्द्र प्रशाद जोशी/भदौ २४, दार्चुला । जेष्ट एकेडेमिले काठमान्डौको बसुन्धरामा आयोजना गरेको राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको उपाधी दार्चुलाका प्रिन्स दहालले जितेका छन ।


सनिबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल आर्मी क्लबका प्रफुल महर्जनलाइ २१—१४ र २१—१३ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले उपाधी हात पार्न सफल भएका हुन । प्रतियोगितामा ६४ जना प्रतियोगिले सहभागिता जनाएका थिए ।

बिजयी भएसंगै दहालले मेडल, कप र १६ हजार नगद पुरुस्कार प्राप्त गरेका छन । हालै १४ बर्षमा टिकेका उनले ब्याटमिन्टनमा पछिल्लो समय एकपछि अर्को गर्दै सफलता प्राप्त गर्दै गएका छन । सार्क गेमकालागी नेपालको राष्ट्रिय टीममा छनोट भइसकेका छन । भने नेपाल संगै भारत र अन्य बिदेशी मुलुकहरुबाट समेत प्रतियोगिता जित्न सफल भइसकेका छन ।

दहाल अहिले म्यानमारमा हुने अन्डर १५ एसियन कप र इन्डोनेसियामा हुने अन्डर नाइनटिन बिश्वकप प्रतियोगिताको तयारी गर्न तालीमकालागी थाइल्यान्ड जाने तयारीमा छन ।

केहि दिन पहिले पुनेमा भएको इन्टरनेशनल ब्याटमिन्टन प्रतियोगिता खेलेर स्वदेश फर्कीएका दहाललाइ बिभिन्न क्षेत्रबाट अफरहरु आउँन थालेको परिवारजनले जनाएका छन ।

छोराले ब्याटमिन्टनबाट दार्चुलाको नाम देश बिदेशमा चिनाउँदै गएको देख्दा आफुहरुलाइ निकै खुसि लागेको प्रिन्सका बुवा नारायण दहालले बताउँनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!