पर्वत टाइटन्स माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा

Posted on: 14 Sep, 2017

माछापुच्छ्रे लायन्सलाई पाँच विकेटले हराउदै पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामाको फाइनलमा पुगेको छ| पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा आज सम्पन्न भएको दोस्रो qualifier खेलमा माछापुच्छ्रे लायन्सले टस जितेर ब्याटिङ रोजेको थियो |

निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 118 रन बनाएको माछापुच्छ्रे लायन्सको लागि कप्तान दिपेश खत्री 40 रन तथा महेश रेग्मि रनको पारी खेलेका थिए |यसैगरी पर्वत टाइटन्सका राजु तामाङ र सान्तान पौडेलले एक एक विकेट लिएका थिए |

119 रनको लक्ष्य पाएको पर्वत टाइटन्सले 18 ओभरको समाप्तीमा 5 विकेट गुमाउदै 121 बनाउँदै फाइनलको यात्रा तय गरौं | पर्वत टाइटन्सको लागि साहिल कार्किले ३१(२७), पारस लामिछानेले 27 (24), अनिश जिशिले 17(7), दिपेन रायमाझीले 10, अगेंद्र छन्त्यालले 10 रन बनाएका थिए | सुरुआतदेखि नै आक्रमक पारी खेलेको पर्वत टाइटन्सले 18 ओभरमाको समाप्तीमा जित हासिल गर्यो | उत्कृष्ट ब्याटिङ गरेका साहिल कार्कि म्यान अफ द म्याच घोषित भए | पर्वत टाइटन्सले लायन्स क्लव अफ पोखरा डाउन टाउन संग भदौ 31 गते शनिबार फाइनल खेल्नेछ |

माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले ३ लाख पुरस्कार पाउने छन् । उपविजेताले १ लाख पचास हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार पाउने छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!