रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने

Posted on: 16 Sep, 2017


प्रज्वल पाैडेल/भदाै ३१, रामेछाप । रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने भएको छ ।

दिपशिखा ब्वाइज युनाइटेड समाज र मन्थली नगरपालिकाकाे संयुक्त अायाेजनामा प्रतियोगिता अाकासे खेल मैदानमा हुन लागेकाे हाे । एक लाख भन्दा माथि पुरस्कार राशी रहेकाे उक्त प्रतियाेगिता असाेज ५ गतेबाट ९ गतेसम्म संचालन हुने क्लबका अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विजयी टीमलालाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने क्लबका उपाध्यक्ष सनुकुमार राेकाले जानकारी दिए । प्रतियोगिताका लागी असाेज ४ गते दिउँसो १ बजेसम्म रामेछाप लगाएत अन्य जिल्लाका क्लबहरूले पनि टीम दर्ता गराउन सक्ने उपाध्यक्ष राेकाले बताए ।

क्लबले ६/७ बर्ष अगाडि देखि खेल सञ्चालन गर्ने गरेकाे भएपनि मन्थली नगरपालिकाकाे सहकार्यसँग भने याे तेस्रो पटक अायाेजना गरिएको हाे । पुरस्कार राशि मन्थली नगरपालिकाले व्यवस्था गर्ने जनाइएकाे छ । यस अगाडिको बर्ष फाइइनलमा आयोजक दिपशिखा व्वाईज युनाइटेडलाई पराजित गर्दै R.O.F दोलखा विजयी भएकाे थियाे ।

क्लबले विगत लामाे समयदेखि सामाजिक तथा साँस्कृतिक क्षेत्रका रचनात्मक कार्यहरू संचालन गर्दै अाएकाे छ ।

- टाइसिट वितरण असाेज ४ गते ४ बजे

- टीम दर्ता रू ५०००

- खेलमा २०/२२ टिम सम्म हुने

-प्रतियोगितामा १२ जना खेलाडीकाे नाम रहने र ९ जनाले मैदानमा खेल्ने पाउने व्यवस्था -खेलाडीले खान बस्नकाे व्यवस्था अाफै गर्नुपर्ने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!