केजिए साँफेबगर र कालिमाटी सेमिफाईनलमा प्रबेश

Posted on: 12 Oct, 2017

कमल रावल | असोज २६, अछाम | अछाम जिल्लाको रिडीकोटमा जारी जिल्लामै ठुलो धनराशिको प्रतियोगिता रिडीकोट प्रीमियर लिग क्रिकेटमा किर्डन ग्राडेन बोडीगँ साफेबगर र बैद्यानथ युवा क्लब कालिमाटी सेमिफाईनलमा प्रबेश गरेका छ । 


बिहीवार भएको पहीलो क्वाटरफाईनल खेलमा किर्डन ग्राडेन बोडीँग साफेबगरले बाजुरालाई २८ रनले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । पहीले ब्याटिग गरेको साफेबगरले निर्धारित १० ओभरमा ७ विकेट गूमाएर १ सय ५ रन जोडेको थियो । जवाफमा बाजुरा ७७ रनमा समेटिएको थियो । 

दोस्रो खेलमा वैद्यनाथ युवा कालिमाटीले बयालपाटा युवा क्लबलाई ६ विकेटले पराजित गरेको थियो । पहीले ब्याटिग गरेको बयालपाटाले सबै विकेट गुमाएर निर्धारित १० ओभरमा ५३ रन मात्र जोड्यो भने जवाफमा कालिमाटीले ६ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको थियो । 

प्रतियोगिताको तेस्रो क्वाटरफाईनल खेल शुक्रबार त्रिपुरा सुन्दरी युवा लुग्रा र नवाठाना युवा क्लब र चौथो क्वाटरफाईनल खेल रिडीकोट युवा क्लब र बान्नीगढी युवा क्लब जयगढ बिच हुने आयोजक कमिटीका अनिल कुवरले जानकारी दिनु भयो । असोज २४ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १२ टिमले सहभागिता जनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!