नेपाल Vs हङकङ खेल जारी, नेपालको ३ विकेट गुम्यो (लाइभ हेर्नुहोस्)

Posted on: 13 Oct, 2017

असोज २७, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा अहिले नेपालले हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याई रहेको छ । खेलको क्रममा नेपालले पहिलो विकेटमा सागर पुनलाई गुमाईसकेको छ भने १३ औं ओभरको खेलमा  ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् । 

हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरि अहिले ब्याट गरिरहेको छ । 

ओपनर सागर पुन मात्र ३ रनमा आउट भएका हुन् । सागर तान्वीर अफजलको बलमा इशान खानको हातबाट सागर क्याच आउट हुन पुगे । नेपालले हालसम्म १७.० ओभर सकिँदा ३ विकेट गुमाएर ६१ रन बनाएको छ ।

शुक्रबार र आइतबार हुने दुई खेलले नेपालले सफलता हाँसिल गरेमा तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्नेछ । तर यदी खेल हारेको खण्डमा नेपाल डिभिजन–२ मा झर्नेछ । तर डिभिजन–२ मा पनि शीर्ष दुईभित्र पर्न सकेको खण्डमा नेपालले एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ । 

अही डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ भने नेपालभन्दा हङकङ ११ अंकसहित १ स्थान माथि छ ।

(हेर्नुहोस् लाइभ)


यस बिषयमा तपाइको प्रतिक्रिया...!