५० हजार राशिको लागि अन्तिम भिडन्त रिडिकोट र कालिमाटी बिच

Posted on: 13 Oct, 2017

कमल रावल | असोज २७, अछाम | अछामको रिडीकोटमा जारी जिल्लामै ठुलो धनराशि ५० हजार राशिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि रिडीकोट युुवा क्लब रिडीकोट र वैद्यनाथ युवा क्लब कालिमाटी भिड्ने भएका छन । 

बडासैन खेल मैदान रिडीकोटमा भएको पहीलो सेमिफाईनलमा त्रिपुरा सुन्दरी युवा क्लब लुग्रालाई १९ रनले पराजित गर्दै कालिमाटी फाईनलमा प्रवेश गरेको हो । ट्स जितेर पहीले ब्याटिग गरेको कालिमाटीले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो । 

जवाफमा लुग्राले निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ७७ रन जोडेको थियो । दोस्रो सेमिफाईनलमा किर्डन ग्राडेन बोर्डीग स्कुल साफेबगरलाई ४४ रनले पराजित गर्दै रिडीकोट उपाधि नजिक पुगेको हो । रिडीकोटले टस जितेर पहीले ब्याटिग गर्दै ब्याडसम्यान टिकाराम पालको ४६ तथा ईश्वर कुमालको ३८ रनको मद्दतले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर  १ सय ५१ जोडेको थियो । जवाफमा साँफेबगरले १२ ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र जोडन सकेको थियो । फाईनल खेल भोली ( शनिबार ) १ बजे हुने बताईएको छ । 

यस अघि भएका २ वटा ठुला राशि मध्ये २०७० को प्रथम जिल्ला स्तरिय प्रतियोगिता २५ हजार राशिको रेडीयो रामारोशनले जितेको थियो भने त्यसपछीका २१ हजार राशिको प्रतियोगिता कालिका युवा क्लब बागभिड्ले जितेको थियो । अहीले सम्म रिडीकोट र कालिमाटी बडासैनमा फाईनल उपाधिका लागी कहीले पनी भिडेका छैनन । असोज २४ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमले सहभागिता जनाएका थिए । यि २ टिम बिच फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने खेल प्रेमिले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!